तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको निःशुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस (ग्यापु डटकम) तेस्रो वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा ग्यापुले ‘ग्यापुभर्सरि अनलाइन मेला’ आयोजना गर्ने भएको छ । चैत २५ देखि वैशाख २ सम्म चल्ने आठ दिने मेलामा ग्राहकले ५ हजारभन्दा बढी किसिमका दैनिक उपयोगी सामग्री खरिद गर्नसक्ने कम्पनीले बताएको छ ।
मेलामा सामग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशतसम्म छुट पाउन सक्ने बताइएको छ। कम्पनीका अनुसार मेलामा ११ वटाभन्दा बढी प्रकार, २० वटाभन्दा बढी ब्राण्डहरूका सामग्री राखिएको छ ।
कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे–फ्री ग्रेटेस्ट गिभ अवेअन्तर्गत १५ वटा ब्राण्ड राखेको छ । लाइभ सेल रहने मेलामा विभिन्न बैंक र इ–वालेटमार्फत विशेष छुट पाउन सकिने कम्पनीले जनाएको छ ।
ग्राहकले एनसिसि बैंकमार्फत डिजिटल भुक्तानी गर्दा, माछापुच्छ्रे बैंक बाट डिजिटल भुक्तानी गर्दा, र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा ग्राहकले २० प्रतिशत छुट पाउने ग्यापुका संस्थापक/सिइओ ज्ञानेन्द्र खड्काले जानकारी दिए ।
कम्पनीले इ–वालेट छुट अन्तर्गत इ–सेवा, खल्ती र फोनपेसँग सहकार्य गरेको छ । मेलामा यी तीनवटा इ–वालेट मार्फत कारोबार गर्दा ग्राहकले सतप्रतिशत क्यास ब्याकसम्म पाउन सक्ने कम्पनीले जनाएको छ । साथै, एनआइसी बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले विशेष छुट पाउने बताइएको छ । ग्यापु मार्केटप्लेस कोरोना महामारीको समयमा सुरु भएको थियो । हाल कम्पनीले देशभर दैनिक ७ सयभन्दा बढी सामग्री निःशुल्क डेलिभरी गर्दै आएको छ ।
‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन, सजिलो नभए पनि उपभोक्तालाई सुविधा दिने हाम्रो प्रणमा हामी रोकिएनौँ र निरन्तर अगाडि बढ्यौं,’ सिइओ खड्काले भने । ग्यापुमा विश्वभरका कुनै पनि डेबिड र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।