आजबाट बालबालिकालाई लगाइँदै टाइफाइडविरुद्धको खोप [फोटो फिचर]

नेपालमा टाइफाइड रोगको उच्च संक्रमण र जोखिममा रहेको छ । साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र टाइफाइड रोग पर्ने गर्दछ । त्यसको रोकथाम तथा निवारणका लागि सरकारले देशैभर टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको छ । 

यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने छन् । खोप अभियान आजदेखि आगामी वैशाख १८ गतेसम्म देशैभर सञ्चालन भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउने उद्देश्यका लागि काठमाडौंमा विद्यालय र खोप केन्द्र गरी ६०० स्थान तोकिएको छ । काठमाडौं उपत्यकाका खोप केन्द्रहरूमा खोप लगाउन बालबालिकाको भीड लागेको छ । हेर्नुहोस् तस्वीरहरू :

 





  • प्रकाशित मिति : चैत २५, २०७८ शुक्रबार १४:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया