स्पेनिस ला लिगा अन्तर्गत गए रातिकाे खेलमा सेभिया विजयी भएकाे छ ।
घरेलु टाेली सेभियाले ग्रानाडामाथि ४-२ काे जित हात पारेकाे हाे ।
राेमन साञ्चेज पिज्जुआन स्टेडियममा सुरुवाती अग्रता जाेगाउन नसक्दा पाहुना टाेली पराजय बेहाेर्न बाध्य बन्याे ।
खेलकाे २३ औं मिनेटमा डार्विन माचिसले ग्रानाडालाई सुरुवाती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा डिएगाे कार्लाेसले सेभियालाई १-१ काे बारबरीमा ल्याए ।
६६ औं मिनेटमा लुकास ओकाम्पाेसले घरेलु टाेलीलाई २-१ ले अघि बढाए ।
८८ औं मिनेटमा भिक्टर डियाज मिगुएलले गाेल गरेपछि पाहुना टाेली २-२ काे बराबरीमा आयो ।
थप गरिएकाे समयमा राफा मिर र अलेजान्ड्रो गाेमेजले गाेल गरेपछि सेभियाले ४-२ काे जित दर्ता गर्याे ।
जितसँगै ३१ खेलमा ६० अंक जाेडेकाे सेभिया दोस्रो स्थानमा उक्लिँदा पराजित ग्रानाडा समान खेलबाट २९ अंकका साथ १६ औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।