बागमती प्रदेशमा बढ्याे गाडीभाडा

बागमती प्रदेश सरकारले सार्वजनिक गाडीभाडा बढाएकाे छ।

मन्त्रीस्तरीय निर्णयबाट आगामी वैशाख १ देखि लागू हुने गरी गाडीभाडा बढाइएकाे हाे । 

काठमाडाैं उपत्यकामा सार्वजनिक सवारी साधनकाे हकमा पाँच किलाेमिटर दूरीका लागि २ रुपैयाँ बढाइएकाे बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएकाे छ ।

यसैगरी, २० किलाेमिटरभन्दा धेरैका लागि भने ३ रुपैयाँ बढाइएकाे छ ।

ट्याक्सीकाे हकमा प्रति २०० मिटरकाे भाडादर ९ रुपैयाँ ८० पैसाबाट १० रुपैयाँ बनाइएकाे छ । डाउन फ्लाग ५० रुपैयाँ कायम गरिएकाे छ । 

राति ९ बजेदेखि बिहान चार बजेसम्म प्रति २०० मिटरकाे भाडादर १५ रुपैयाँ निर्धारण गरिएकाे छ ।






 

  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ९:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया