विप्लव र सिके राउतका ४४१ कार्यकर्ता पक्राउ

काठमाडौं– प्रहरीले आतंककारी र विखण्डनकारी गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) र स्वतन्त्र मधेस गठबन्धन (सिके राउत) समूहका ४ सय ४१ जना नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले विध्वंसात्मक गतिविधि गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका ३ सय ४७ जना कार्यकर्ता  पक्राउ गरेको छ भने बाँकी ९४ जना सिके रावतका कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरीले सोमबार सार्वजनिक गरेको विवरणमा प्रहरीले आतंककारी गतिविधि गरेको भन्दै विप्लवका कार्यकर्ता पक्राउ गरेकोे बताएको हो । त्यसैगरी, विखण्डनकारी गतिविधि गरेको भन्दै सिके राउत समूहका ९४ जना पक्राउ गरेको बताएको छ ।

प्रहरीले गत साउनदेखि कार्तिकसम्मको अवधिमा विभिन्न अपाराधिक गतिविधिमा संलग्न रहेको भन्दै करिब ५ हजार मानिस पक्राउ गरेको बताएको छ । प्रहरीले ४ महिनाको अवधिमा ४ हजार ९ सय ६७ जना पक्राउ गरेको बताएको छ । यसरी पक्राउ परेकामध्ये ११ सय ४ जना हातहतियार र गोलीगठ्ठासहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।





  • प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार १८:३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया