पर्यटनको माध्यमबाट देशको विकास

लमजुङ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनको माध्यमबाट देशको विकास हुने बताएका छन् । सार्क राष्ट्रको नमुना गाउँका रुपमा चिनिएको पर्यटकीय गाउँ घलेगाउँलाई नेपालकैे पहिले स्मार्ट भिलेजका रुपमा शुभारम्भ गर्दै उनले अबका पाँच वर्षमा २५ लाख पर्यटकको संख्या पुर्याउने प्रदेश सरकारको योजना रहेको जानकारी गराए । उनले भने, ‘गण्डकी प्रदेशका प्रत्येक गाउँमा अब पर्यटक पुर्याउनुपर्छ, पर्यटकको माध्यमबाट गाउँ हुँदै देशको विकास हुन्छ ।’ 

कार्यक्रममा प्रदेशसभा सदस्य मायानाथ अधिकारी, आशा कोइराला खनाल एवं विधान समितिका सभापति नारायण रेग्मीलगायतको उपस्थिति थियो । समुद्री सतहदेखि करिब दुई हजार १ सय मिटर उचाइको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित घरवास सञ्चालनमा ल्याइएको थियो ।
 
त्यसपछि स्थानीयवासीले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएका छन् । करिब १ सय २० घर रहेको गाउँमा अहिले ३२ घरमा घरवास सञ्चालन भएको छ । पर्यटकीय सेवासुविधा, स्थानीय कलासंस्कृतिको प्रवर्द्धन तथा गतिविधि, घरवास कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ पर्ने गरेको छ ।  





  • प्रकाशित मिति : पुस १०, २०७५ मंगलबार १९:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया