जनकपुरधाम–२४ को वडाध्यक्षका लागि तमलोपाले छान्यो उम्मेदवार

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । दलहरु आ–आफ्नो उम्मेदवार छनोट गर्ने कसरत सुरु गरिसकेको अवस्थामा तराई मधेस लोकतान्त्रिक पार्टीले पनि उम्मेदवार छनोट गरेको हो ।
 
तमलोपाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ बसहियाको वडाध्यक्षका लागि उम्मेदवार छनोट गरेको छ । 

तमलोपाले भगीरथलाल कर्णलाई वडा नम्बर–२४ को वडाध्यक्ष पदको उम्मेदवार बनाएको छ । त्यस्तै, शेष हीरा र लक्ष्मण महतोलाई सदस्य र सुनीता देवीलाई महिला सदस्य तथा उर्मिलादेवी दासलाई दलित महिला सदस्यको उम्मेदवार बनाउने निर्णय गरिएको हो । 

तमलोपाले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२४ मा लक्ष्मण महतोको नेतृत्वमा ११ सदस्यीय वडा कमिटीसमेत गठन गरेको छ । 

पार्टीका धनुषा जिल्ला अध्यक्ष धीरेन्द्रबहादुर सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य उमेश कुमार मण्डल, भगीरथ लाल कर्ण, रमेश अधिकारी, जिल्ला सदस्य दुःखी मण्डल, शेष हिरालगायतका व्यक्तिहरुको उपस्थिति थियो ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:४०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया