प्रिमियर लिगमा चेल्सी र टोटनहमको शानदार जित, युनाइटेड र आर्सनल स्तब्ध

इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडविरुद्ध एभर्टन १-० ले विजयी भएको छ । एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन एन्थोनी गार्डेनले २७ औं मिनेटमा गोल गरे । उनकै निर्णायक गोलमा एभर्टन विजयी भयो ।

प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थान मात्र माथि रहेको एभर्टनले जितसँगै १८ औं स्थानको बर्न्लीसँगको अंक दूरी चार अंक पुर्याएको छ ।

यता एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहमभन्दा ६ अंक कम हो । 

आइतबार भएको अर्को खेलमा आर्सनल पराजित हुँदा टोटनहम भने चौथो स्थानमा उक्लियो । टोटनहमले एस्टन भिल्लालाई ४-० को अन्तरमा हरायो । टोटनहमको जितमा ह्युन मीन सनले ह्याट्रिक गरे । यस्तै,डेजान कुलुसेभस्कीले एक गोल गरे । 

जितसंगै टोटनहम ३१ खेलबाट ५७ अंक बनाउँदै चौथो स्थानमा उक्लिएको छ  । अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा मासो माउन्ट र टोमो वार्नरले समान दुई गोल गरे भने काइ हाभार्ट, मार्कोस एलेन्सोले एक एक गोल गरे । 

जितसँगै चेल्सी ३० खेलबाट ६२ अंकसहित तेस्रो स्थानमा छ । अर्को खेलमा आर्सनल ब्राइटनसँग घरेलु मैदानमा २-१ को अन्तरले पराजित भयो भने लिड्स युनाइटेडले वाटफोर्डलाई ३-० अन्तरले हरायो ।






  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ७:२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया