नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन्।
भरतपुर महानरपालिका कांग्रेसले पाउनुपर्छ भन्दै तीन नेतालाई दबाब दिएर उनीहरू फर्किएका हुन् ।
नेताहरूलाई भेट्न केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइरालादेखि निवर्तमान सभापति जीतनारायण श्रेष्ठसहितको टोली आएको थियो ।
भेटघाटको क्रममा तालमेल गर्दा भरतपुर महानगरपालिका कांग्रेसलाई पार्नेगरी छलफल अघि बढाउने नेताहरूले बताएको भेटपछि केन्द्रीय सदस्य दिनेश कोइरालाले बताए ।
‘कांग्रेस ठूलो दल हो भरतपुरमा । फेरि, आलोपालो गर्ने भन्ने पनि थियो पहिलो । त्यही भएर हामीले दुई तर्कलाई अघि सारेर कांग्रेसले भरतपुर महानगरपालिका पाउनुपर्छ भनेका हौं’, कोइरालाले भने ।
भरतपुर महानगरपालिका पाउनुपर्ने ‘बटमलाइन’ २० चैतमा बसेको कांग्रेस चितवनको बैठकले निर्णय गरेको थियो ।
हाल भरतपुर महानगरपालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्दै आएको छ ।
यसपटक भरतपुर महानगरपालिका नपाए विद्रोह हुने चेतावनी कांग्रेसी नेताहरूले दिँदै आएका छन्
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।