जनकपुरधामका नगरप्रमुख साहकाे निवास अगाडि सरसफाइकर्मीकाे धर्ना

जनकपुरधाम उपमहानगरपालिकाका सरसफाइकर्मीहरूले नगर प्रमुख लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् । 

नगर प्रमुख साहले आफूहरूलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् । 

सफाइ कर्मचारीहरूले आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नाराबाजीसमेत गरेका थिए । 

उनीहरूको नाराबाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो निवासबाट निस्कन सकेका थिएनन् ।

जनकपुरधाममा फोहोरको अत्याधिक समस्या रहेको र सडक समयमा सफाइ नभएपछि उपमहानगरका पदाधिकारीहरूको आलोचना हुँदै आएको छ । 

तथापि उपमहानगरले नगरको सरसफाइमा ध्यान नदिएको स्थानीयको आरोप छ ।





  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार १५:२९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया