अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल कुमार झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित पक्राउ गरेको हो ।
जनकपुरधामको भानुचोकबाट अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले झालाई आज बिहान नियन्त्रणमा लिएको हो ।
उनले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।