बागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले शैक्षिक क्षेत्रको विभिन्न शीर्षकमा विनियोजन भएको अनुदान बजेटको करिब १६ प्रतिशत खर्च गरेको छ ।
चालु आर्थिक वर्षका लागि निर्देशनालयमा प्राप्त बजेटमध्ये हालसम्म १५ दशमलव ९० प्रतिशत बजेटमात्र खर्च गरेको हो ।
निर्देशनालयले शैक्षिक अनुदानवापत हालसम्म ७ करोड ८० लाख रुपैयाँमात्र खर्च भएको जनाएको छ ।
शैक्षिक अनुदानका लागि विनियोजित ४९ करोड ६ लाख रुपैयाँ बजेटमध्ये निर्देशनालयले करिब ८ करोडमात्र खर्च गरेको पाइएको हाे ।
शैक्षिक अनुदान दिने कार्यक्रमहरू कार्यान्वयनकै क्रममा रहेकाले बजेट खर्च हुन नसकेको निर्देशनालयका अधिकृत घनश्याम खनालले बताए ।
शैक्षिक अनुदानका स्वीकृत कार्यक्रम कार्यान्वयनका लागि विद्यालयहरू छनाेट भइसकेको र अनुदान सम्झौताको चरणमा रहेकाले बजेट खर्च न्यून देखिएको उनको भनाइ छ।
यसअघि कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरेका विद्यालयहरूले पनि काम सम्पन्न नगरिसकेकाले बजेट खर्च कम देखिएको अधिकृत खनालले दाबी गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।