जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

भारतको जवाहरलाल नेहरु युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन् । 

जवाहरलाल नेहरु विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ । 

अखिल भारतीय विद्यार्थी परिषद् (एबिभिपी)का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झडप भएको थियाे ।

आइतबार होस्टल मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबिभिपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताइन् । 

झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ । 

‘कुखुरा आपूर्ति गर्ने मेस विक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन् ।



आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबिभिपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन् ।

उनले भने, ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ ।’ 



जवाहरलाल नेहरु विश्वविद्यालय विद्यार्थी संघ (जेएनयुएसयू) ले नियोजित ढंगले षड्यन्त्र गरेको उनले आरोप लगाए । 

यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।  

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । 

‘हामीले हाम्रा टोलीहरू क्याम्पस बाहिर तैनाथ गरेका छौं । विश्वविद्यालयले अनुरोध गरे  निश्चित रूपमा हाम्रा कर्मचारीहरू क्याम्पस भित्र तैनाथ गर्नेछौँ’, एक अधिकारीले भने । 

  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १६:१७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया