निजी विद्यालय नाफामुखी हुँदा शिक्षाको गुणस्तरमा ह्रास

काठमाडौं– उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले शिक्षाको गुणस्तरमा सुधार नभएको औँल्याएको छ । शिक्षामन्त्रीको नेतृत्वमा गठित आयोगले विद्यालय तथा विद्यार्थीको संख्या बढे पनि शिक्षाको गुणस्तर झन् कमजोर भएको निष्कर्ष निकालेको हो ।

अंग्रेजी भाषाप्रतिको मोहका कारण निजी विद्यालय फस्टाएको उल्लेख गर्दै आयोगले निजी विद्यालयलाई कम्पनीमा दर्ता गराउने सरकारी नीतिका कारण निजी विद्यालय नाफामूखी भएको तर शिक्षाको गुणस्तर नबढेको निष्कर्ष निकालेको छ ।

आयोगले सुझाबका लागि सार्वजनिक गरेको शिक्षाको २५ वर्षे दूरदृष्टि प्रतिवेदनले अझै पनि केही समुदाय विद्यालय र शिक्षाको पहुँचबाहिर रहेको देखाएको छ । आयोगले प्रतिवेदनमा ६८ वर्षअघि शिक्षाको पहुँचबाहिर रहेको समुदाय अझै पनि शिक्षाको पहुँचमा आउन नसकेको देखाएको हो ।
 
प्रतिवेदनअनुसार पिछडावर्गका ३० प्रतिशत बालिका अझै विद्यालयको पहुँचमा नआएको देखाएको छ । यस्तै, दलित समुदायका २८ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर नै छन् । चिदिमार, मुसहर र डोम समुदायका १ प्रतिशतभन्दा कम बालबालिका मात्रै विद्यालयको पहुँचमा रहेको प्रतिवेदनले देखाएको छ ।





  • प्रकाशित मिति : पुस ११, २०७५ बुधबार १७:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया