एकदिवसीय वरीयतामा नेपाल यथावत

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत रहेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा नेपाल यथावत रहेकाे हो ।

वरीयताको १८ औं स्थानमा रहेको नेपालले १८ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।  

नेपालले मार्च महिनामा ६ एकदिवसीय खेल खेलेको थियो । जसमा नेपालले २ मा जित निकाल्दा ४ खेलमा पराजित भएको थियो ।

नेपालले गत महिना दुबईमा आइसिसी विश्वकप लिग-२ अन्तर्गतको सिरिजमा पपुवा न्युगिनी (पिएनजी)लाई २ खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग २ खेलमा पराजित भएको थियो ।

नेपालले आफ्नो घरेलु मैदानमा पिएनजीसँग २ खेलको सिरिजमा दुवै खेल गुमाएको थियो । 



वरीयताको शीर्ष स्थानमा  १२२ रेटिङ प्वाइन्टका साथ न्युजिल्यान्ड छ । दोस्रो स्थानको इंग्ल्याण्डले ११९ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ ।

अस्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेस्ट इण्डिज र अफगानिस्तान क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् । 



  • प्रकाशित मिति : चैत ३०, २०७८ बुधबार १२:२५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया