सलमान खानका भाइ सोहेल काठमाडौंमा

 बलिउड अभिनेता सोहेल खान नेपाल आइपुगेका छन् । उनी बुधबार वायुसेवा निगमको उडानमा मुम्बईबाट नेपाल आइपुगेका छन् । 

सलमान खानका भाइसमेत रहेका सोहेल आगामी १५ जेठमा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारीलगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेका हुन् ।

आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार उनी आन साँझ मुम्बई फर्किने छन् । ‘बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा हुने पत्रकार सम्मेलनमा सहभागी भएर सोहेल खान साँझ मुम्बई फर्किने छन,’ गुरुङले भने ।  

कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।  





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार ७:५७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया