नेपाल आएका बलिउड अभिनेता साेहेल खान भन्छन्- यसपटक सगरमाथा हेरेर मात्र फर्किन्छु
फाइल फाेटाे

बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् । 

बलिउड सुपरस्टार सलमान खानको आउँदो जेठ १४ गते दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’का बारेमा जानकारी दिन काठमाडौं आइपुगेका उनले उक्त कुरा बताएका हुन् । 

सलमान र सोहेल दाजुभाइ हुन् ।

‘मलाई नेपाल एकदमै राम्रो लाग्छ, सुन्दर छ । १०-१२ वर्षको हुँदा स्कुल जीवनमा म काठमाडौं आएका थिएँ,’ बिहीबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सोहेलले भने, ‘त्यतिबेला एभरेस्ट (सगरमाथा) देख्न पाइनँ । अहिले ४० वर्षपछि फर्केर आएको छु । यसपटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु ।’ 

‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने पनि उनले बताए । उनले साे हेर्नको लागि आउन सबैलाई अनुरोध गरे ।

‘दबङ रिलोडेड टुर’ मा सलमानका अलवा कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेज लगायतका बलिउड कलाकार सहभागी हुनेछन् । 



पत्रकार सम्मेलनमा ‘दबङ रिलोडेड टुर’ को टिकटको मूल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने बताइएकाे छ ।

जेठ १४ गते विहान ११ बजेदेखि दरशथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । 



आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुति रहने जनाइएको छ । 

  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १४:३४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया