अध्यादेशबाट कानुन ल्याएर प्रहरी भर्ना गर्ने प्रदेश २ को तयारी

मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले संघीय सरकारले प्रहरी समायोजन नगरे स्थानीय निर्वाचनपश्चात् अध्यादेशबाटै प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।

वैशाख ३० गतेसम्म प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएको बताउँदै मन्त्री साहले बताए । बिहीबार बिहान मधेस भवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे आफूहरूले अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउने बताए ।

उनले भने, ‘मधेस सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अविलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास राखेको छु, तर अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ । ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौँ ।’

उनले विधेयकबाट जाँदा बढी समय लाग्ने भएकाले अध्यादेशमार्फत नै जाने उनले बताए ।





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १९:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया