भूउपयोग नीति कार्यान्वयनमा आइसकेको मन्त्री श्रेष्ठको भनाइ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले संविधानमा भूमिहीन, दलित, सुकुम्बासीका लागि जग्गा उपलब्ध गराउने कार्यको सुरुवात भएको बताएकी छन् । 

बिहीबार जग्गा प्रशासनमा लिखित रजिस्ट्रेसनको शतवार्षिकी समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । यस कार्यअन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिकाअन्तर्गतको मुसहर बस्तीमा दलित समुदायलाई जग्गाधनी पुर्जा वितरण गरिएको पनि उनले जानकारी दिइन् । 

मन्त्री श्रेष्ठले अनियन्त्रित खण्डीकरणको कारण कृषियोग्य जग्गा विनाश हुँदै गएको भन्दै यसको रोकथामको लागि भूउपयोग नीति र भूउपयोग ऐन, लागू भई कार्यान्वयनमा आइसकेको र भूउपयोग नियमावली पारित हुने चरणमा रहेको बताइन् । नियमावली कार्यान्वयनमा आउँदा कृषि योग्य जग्गाको संरक्षण, सुरक्षित र व्यवस्थित बसोवास, वन, जंगललगायत प्राकृतिक स्रोतको संरक्षण र विकास, विपद् जोखिम न्युनीकरणजस्ता कार्यमा सहयोग पुग्ने पनि उनले बताइन् । 

मन्त्री श्रेष्ठले आफ्नो स्वामित्वमा जग्गा रहेका, तर लालपुर्जा नहुँदा सम्पत्तिको अधिकारबाट वञ्चित नागरिकलाई सहज र सरलरुपमा घरमै पुगेर जग्गाधनी पुर्जा वितरण गरेको पनि बताइन् । 





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार १९:१५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया