मकवानपुरमा एमाले र राप्रपा नेपाल मिलेर चुनाव लड्नेबारे छलफल

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको सूर्य चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको राप्रपा नेपालका नेताहरुले आज नेकपा एमालेका नेताहरुसँग औपचारिक भेट गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय हेटौँडामा भएको भेटमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुने तालमेलको विषयमा छलफल भएको थियो । 

बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो । गठबन्धनको निष्कर्षमा पुग्नका निमित्त तथ्यसंगत ढंगबाट छलफल थप अगाडि बढाउने दुवै पार्टीका प्रतिनिधिबीच सहमति भएको छ ।

बैठकमा एमालेका तर्फबाट मकवानपुरका सह–इञ्चार्ज एवं प्रतिनिधिसभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य एवं प्रदेशसभा सांसद जुनेली श्रेष्ठ, अध्यक्ष एकालाल श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा सहभागी थिए । 

त्यसैगरी, राप्रपा नेपालबाट महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्य बालकृष्ण कार्की, मकवानपुर अध्यक्ष गुरुप्रसाद सापकोटा, मकवानपुर १ (ख) अध्यक्ष दामोदर वाग्ले लगायत सहभागी थिए । 





  • प्रकाशित मिति : बैशाख १, २०७९ बिहीबार २१:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया