बिहीबारदेखि प्रदर्शनमा आएको दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ले पहिलो दिनमै १४० करोड भारतीय रुपैयाँ आम्दानी गरेको छ।
चलचित्रले विश्वव्यापी प्रदर्शनबाट पहिलो दिनमै १४० करोड भारु आम्दानी गरेको हाे ।
‘केजिएफ २’ ‘केजिएफ’काे सिक्वेल चलचित्र हाे । ‘केजिएफ’ सन् २०१८ मा रिलिज भएकाे थियाे ।
चलचित्रमा यश, सञ्जय दत्त, रविना टण्डन, प्रकाश राजलगायतका कलाकारहरूकाे मुख्य भूमिका रहेको छ ।
चलचित्रका निर्देशक प्रशान्त नील हुन् ।
चलचित्र विश्वव्यापी रूपमा १० हजारभन्दा धेरै स्क्रिनमा प्रदर्शन भइरहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।