राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरूको भएको बताएका छन् ।
नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्ताे बताएका हुन् ।
युवामा नेतृत्व हस्तान्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरी आफूले राजनीतिक एजेन्डा बोकेको बताए ।
गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् ।
तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दुरावस्थामा पुर्याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।