नेपालमा पछिल्लो २४ घण्टामा थप नौजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४३ जनाको नमुनाको परीक्षण गर्दा नौजनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६६ हजार ३०३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार सय रहेको मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।