पल शाह प्रकरण : पीडित नाबालिगले फेरिन् बयान
फाइल तस्वीर

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् ।

जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले बयान फेरेकी हुन् । उनले बकपत्रका क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । उनले बकपत्रका क्रममा अरूको उक्साहटमा परेर जाहेरी दिएको दाबी गरेकी छन् ।

ती नाबालिग गायिकाको कोठामा प्रवेश गरेर शाहले ललाइफकाइ जबरजस्ती करणी गरेको आरोप लगाउँदै उनका अभिभावकले उजुरी दिएका थिए ।

अभिनेता शाहलाई बलात्कारको अभियोगमा जिल्ला अदालत तनहुँ र नवलपुर आदेशले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । १५ फागुनमा तनहुँ प्रहरीसमक्ष आएर पलले आत्मसमर्पण गरेका थिए ।





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १७:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया