जनकपुरधाम उपमहानगरपालिका : लामखुट्टे नियन्त्रणको नाममा करोडौँ स्वाहा, समस्या ज्युँका त्युँ

जनकपुरधाम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा अहिलेसम्म करोडौँ रकम स्वाहा गरे पनि नगरभित्र लामखुट्टेको समस्या ज्युँका त्युँ छ । 

जनकपुरधाम उपमहानगरपालिका कार्यालयले तीन वर्षयता लामखुट्टे नियन्त्रणको नाममा ५० लाखभन्दा बढी रकम खर्च गरे पनि लामखुट्टे नियन्त्रण हुन सकेको छैन ।
 
उपमहानगरले गत तीन वर्षमा लामखुट्टे नियन्त्रणको नाममा ५१ लाख ७७ हजार ८५६ रुपैयाँ खर्च गरेको तथ्यांकमा उल्लेख छ । नगरभित्र लामखुट्टे नियन्त्रण गर्न आर्थिक वर्ष ०७६–०७७ मा १५ लाख २३ हजार १३१, ०७७–०७८ मा २३ लाख २४ हजार २२३ र चालू आर्थिक वर्ष ०७८–०७९ मा १३ लाख ३० हजार ५०२ रुपैयाँ उपमहानगरपालिका कार्यालयले खर्च गरेको उल्लेख छ ।

त्यसअघिका वर्षमा पनि उपमहानगरले लामखुट्टे नियन्त्रणको नाममा लाखौँ रकम खर्च गरिसकेको छ । यता, स्थानीयले भने लामखुट्टे नियन्त्रणको नाममा जनप्रतिनिधि र कर्मचारी मिलेर भ्रष्टाचार मात्रै गरिरहेको गुनासो गरेका छन् ।

स्थानीय उमेश सिंहले भने, ‘न जनकपुरधामको फोहोर कम भएको छ, न त लामखुट्टे नै नियन्त्रणमा आएको छ । यति ठूलो रकम खर्चेर जनकपुरधामको धेरै कुरालाई व्यवस्थित गर्न सकिन्थ्यो ।’





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार १८:५:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया