नुतन श्रेष्ठ बने मिस्टर नेपाल वर्ल्ड २०२२

मिस्टर नेपाल वर्ल्ड २०२२ को उपाधि नुतन श्रेष्ठले हात पारेका छन् । ३५ जना प्रतिस्पर्धीमा आफूलाई अब्बल साबित गर्दै मोरङका २६ वर्षीय नुतनले उपाधि हात पारेका हुन् । 

मिस्टर नेपाल विजेता बनेसँगै उनले पाँच लाख रुपैयाँ पाएका छन् । साथै उनले मिस्टर वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाएका छन् । नुतनलाई यसअघिका मिस्टर नेपाल विजेता डा. सन्तोष उपाध्यायले उपाधि हस्तान्तरण गरेका थिए । 

प्रतियोगितामा झापाका २३ वर्षीय अभिषेक चुडाल फर्स्ट रनर्सअप, काठमाडौंका २९ वर्षीय एलिस गिरी सेकेण्ड रनर्सअप, कैलालीका २१ वर्षीय समीप शाही थर्ड रनर्सअप तथा मोरङका २७ वर्षीय विशाल कटवाल फोर्थ रनर्सअप बने । 

उनीहरुले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार पाए । यस वर्ष मिस्टर नेपाल वल्र्ड २०२२ का लागि ३६ प्रतिस्पर्धीहरुले भाग लिएका थिए । 

कार्यक्रममा कुशल नहर्की पपुलर तथा एक्टिभ, डा. सुनिल खरेल पब्लिक च्वाइस, जीवन गिरी पर्सनालिटी, विकास गमाल ट्यालेन्ट, विशाल कटवाल, फोटोजेनिक, मानस घले फिजिक तथा प्रसन्न राई स्टाइल आइकन विधामा उत्कृष्ट भए । 





  • प्रकाशित मिति : बैशाख ४, २०७९ आइतबार २०:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया