ला लिगामा सेभियामाथि रियलको पुनरागमन जित

स्पेनिस ला लिगामा गएरातिको खेलमा लिग लिडर रियल मड्रिडले जित निकालेको छ । उसले दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै घरेलु टोली सेभियामाथि ३–२ को जित निकालेको हो ।

रोमन साञ्चेज पिज्जुआनमा खेलको २१ औं मिनेटमा इभान राकिटिकले गोल गर्दै सेभियालाई सुरुआती अग्रता दिलाएका थिए । २५ औं मिनेटमा एरिक लामेलाले घरेलु टोलीको अग्रता दोब्बर बनाए । 

५० औं मिनेटमा रियलका रोड्रिगोले गोल गरेपछि खेल २–१ को अवस्थामा आयो । ८२ औं मिनेटमा नाचोले रियललाई २–२ को बराबरीमा ल्याए । थप गरिएको समयमा करिम बेन्जिमाले गोल गर्दै पहुना टोलीलाई ३–२ को  पुनरागमन जित दिलाए । 

यो जितसँगै रियलले ३२ खेलमा ७५ अंक  जोडेको रियल शीर्ष स्थानमा रहँदा पराजित सेभिया समान खेलबाट ६० अंकका साथ तेस्रो स्थानमा छ । 

लिगअन्तर्गतकै अन्य खेलमा लेभान्तेले ग्रानाडामाथि ४–१, स्पान्योलले एट्लेटिको मड्रिडमाथि २–१ र सेल्टा भिगोले एथलेटिक्स क्लब बिल्वाओमाथि २–१ को जित दर्ता गरे ।   





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार ७:५२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया