भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हो ।
सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना संक्रमित भएका छन् ।
त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरूको संख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।
कुल संक्रमितमध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।