देशभर थपिए १० कोरोना संक्रमित, ३४ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पिसिआरबाट ९ र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, सोही अवधिमा ३४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.७ रहेको मन्त्रालयले जनाएको छ । आज देशभर ४ हजार ६९१ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५० रहेका छन् ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १५:२०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया