सीके राउत नेतृत्वको जनमत पार्टीले टुङ्ग्यायो उम्मेदवार

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सोमबार जनकपुरधामस्थित पार्टी कार्यालयमा बसेको जनमतको सचिवालय बैठकबाट उम्मेदवारको टुंगो लगाएको हो । 

जनमत पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए । 
उनले विभिन्न पालिकामा एकभन्दा बढी आंकाक्षी रहे पनि एक ढिक्का भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरुको नाम टुंगो लागेको बताए । 

महासचिव सिंहले सबै पालिकाको उम्मेदवारहरुको चयन प्रक्रिया समाप्त भएपछि उम्मेदवारको नाम औपचारिक रुपमै सार्वजनिक गरिने जानकारी दिए । उनले मधेस प्रदेशको एक महानगर, तीन उपमहानगर र पालिकाहरुको सर्वसम्मत रुपमै टुंगो लागेको समेत बताए ।

सिंहले मधेस प्रदेश, प्रदेश-१, लुम्बिनी प्रदेश र बागमती प्रदेशका केही पालिकामा जनमत पार्टीको तर्फबाट उम्मेदवार उठाइने जानकारी दिए । 
महासचिव सिंहले जनमत पार्टीले अन्य कुनै पनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्नेसमेत स्पष्ट पारे । 

उनले भने, ‘गठबन्धनका घटक दलहरुभित्र अहिले असन्तुष्टि रहेकोले आफ्नो पार्टीले गठबन्धन गरेमा पार्टीलाई घाटा हुन्छ । त्यसैले हामी कसैसँग गठबन्धन वा तालमेल गर्ने योजना बनाएका छैनौं ।’

सिंहले जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा ल्याउनेमा आफूहरु विश्वस्त रहेको समेत बताए ।





  • प्रकाशित मिति : बैशाख ५, २०७९ साेमबार १९:५४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया