बझाङ केन्द्र रहेर भूकम्पको धक्का

बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको सैनपसेला केन्द्र रहेर भूकम्प गएको हो ।

आज बिहान ६ बजेर ३ मिनेटमा ४.१ म्याग्‍निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प​को धक्का बाजुरा, बैतडीलगायत सुदूरपश्चिमका अन्य पहाडी जिल्लामा पनि महसुस गरिएको थियो ।   

क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ७:१८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया