जनकपुरधामको मेयरका लागि लोसपाबाट सिफारिस भएका साह एमालेमा प्रवेश

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट नाम सिफारिस भएका वडाध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

लोसपा नेपालबाट वडा नं. ७ को वडाध्यक्षमा निर्वाचितसमेत भएका साह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् । 

मेयर पदका प्रत्यासित रहेका साह लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि लोसपा परित्याग गर्दै एमालेमा प्रवेश गरेका हुन् । 

लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । 

लोसपाले मेयरका लागि प्रदेशसभा सदस्य परमेश्‍वर साह, जानकीराम साह, अमर पजियार, मनोज चौधरी र सञ्जय कुमार चौधरीको नाम सिफारिस गरेको थियो । 





  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार ११:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया