जनमत पार्टीले जनकपुरधामको मेयरमा अनितालाई उठाउने

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा अनिता देवी साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएको डा. सीके राउतको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।

जनमतले निर्णय गर्न बाँकी रहेका वा दाबी विरोधबाट ‘विचाराधीन’ अवस्थामा पुगेका उम्मेदवारहरूबारे निर्णय पछि गरिने जनाएको छ । 

जनमत पार्टीले वैशाख ७ र ८ गते जनकपुरधाम, विराटनगर र भैरहवाबाट वडाध्यक्षको टिकट वितरण गर्ने जनाएको छ । 



पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले ३० जिल्लाबाट आएका पार्टीका नेताहरुले पालिकाका लागि उम्मेदवार टुंगो लगाएको जानकारी दिए । 

उनले विभिन्न पालिकामा एकभन्दा बढी आकांक्षी रहे पनि एक ढिक्का भएर उत्साहका साथ मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्षसहित सदस्यहरूको नाम टुंगो लागेको बताए ।



  • प्रकाशित मिति : बैशाख ६, २०७९ मंगलबार १९:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया