बेन्जेमा दुईपटक पेनाल्टी चुके पनि रियलको शानदार जित

स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्ध लिग लिडर रियल मड्रिड विजयी भएको छ । गएराति एल सदर स्टेडियममा भएको खेलमा रियल ३–१ गोल अन्तरले विजयी भएको हो ।  

रियललाई जित दिलाउन डेभिड अलबा, मार्को एसेन्सियो र लुकास भाजक्वेज एक/एक गोल गरे । ओसासुनाका एन्ट बुडिमीरले एक गोल फर्काए । खेलको १२ औं मिनेटमा अलाबाले रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

रियलको त्यो अग्रता लामो समयसम्म टिक्न भने सकेन । १३ औं मिनेटमा बुडिमीरले ओसासुनालाई १–१ को बराबरीमा ल्याए । ४५ औं मिनेटमा एसेन्सियोले गोल गरेपछि रियल २–१ ले अघि बढ्यो ।

५२ र ५९ औं मिनेटमा करिम बेन्जेमा पेनाल्टीमा गोल गर्न चुक्दा रियलले अग्रता फराकिलो बनाउने अवसर गुमायो । थप गरिएको समयमा भाजक्वेजले गोल गरेपछि रियलले ३–१ को सहज जित निकाल्यो ।

जितसँगै उपाधि नजिक पुगेको रियलले ३३ खेलमा ७८ अंक जोडेको छ । यो दोस्रो  स्थानको एट्लेटिको मड्रिडको भन्दा १७ अंक बढी हो । पराजित ओसासुना समान खेलबाट ४४ अंकका साथ नवौं स्थानमा छ । 





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार ७:४३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया