केकीले किन आफ्नै साथीहरुलाई पनि थाहा दिइनन् विवाहबारे ?

अभिनेत्री केकी अधिकारीको विवाह भएको छ । तर, ग्लामर संसारमा हुने विवाहको चर्चालाई गुपचुप नै राखिन् अधिकारीले । कतिसम्म भने उनका अत्यन्त निकट साथीभाइलाई पनि यसबारे उनले जानकारी दिएकी रहिनछिन् ।

त्यसो त जसलाई जानकारी दिएकी थिइन्, उनीहरुले पनि यो कुरालाई बाहिर ल्याएनन् ।

त्यसैले व्यवसायील रोहित तिवारीसँग लगनगाँठो कसेकी केकीको विवाहबारे थप केही गसिपहरु पक्कै बन्नेछन् । उनले सार्वजनिक नगरेसम्म विवाहका तस्वीरहरु पनि पक्कै बाहिर आउने छैनन् । किनकि उनले आफूसँग चिनजानका नजिकका साथीभाइलाई समेत विवाहमा बोलाएकी छैनन् ।

आखिर केकीले किन यस्तो गरिन् त ?

खासमा उनले यो लामो समयदेखि नै बनाएको योजना थियो । किनकि उनले यसअघि साथीहरुलाई आफूले सुटुक्क विवाह गर्छु भनेर सेयर गरेकी थिइन् । 

अनि भन्ने गरेकी थिइन्– मेरो विवाह यति चुपचाप हुन्छ कि तपाईंहरुले समाचारबाट थाहा पाउनु हुनेछ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १२:४५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया