अवाञ्छित रुपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने चेतावनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रुपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् । 

बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्यधिक मात्रामा मूल्य वृद्धि र बस्तु अभावको विभागमा गुनासो बढेकाले आयात कर्ता, वितरक, खुद्रा वितरकले काबुबाहिरको परिस्थिति परेर वा काबुबाहिरको परिस्थिति देखाएर सहज हुँदाहुँदै पनि मूल्य वृद्धि गरेको विषयमा अध्ययन गरेर तत्काल कारबाही गर्ने तयारी गरिएको बताएका हुन् । 

उनले मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनका लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने बताए । महानिर्देशक शर्माले आफू विभागमा आएपछि बजार अनुगमनकाा लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको पनि बताए । 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भए तापनि विभागको नियन्त्रणभन्दा बाहिर रहेको उनले बताए । अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणालीमार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ ।

विभागले चालू आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक फर्मलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ र्फमहरुलाई कारबाही गरेको जानकारी दिएको छ । त्यस्तै, विभागले १ हजार १२ फर्मलाई कारबाही गरेबापत १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । 

विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनबमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १९:१३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया