मकवानपुरबाट सात हजारले एसइई दिने

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसइई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसइई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो ।
 
मकवानपुरबाट एसइईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

मकवानपुरमा २४ वटा केन्द्रहरू तोकिएको छ । मकवानपुरका १० वटा पालिकामध्ये ८ वटा पालिकामा परीक्षा केन्द्र तोकिएको छ । बागमती गाउँपालिकामा तोकिएको परीक्षा केन्द्र जनता माविमा १ सय ८८ जना परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । 

बकैयाको बुद्ध माविमा ३ सय ८० र महेन्द्र माविमा २ सय ३२ जना परीक्षार्थीले परीक्षा दिनेछन् । हेटौंडाको हटियामा रहेको जनप्रिय माविमा २ सय ९९, भीमफेदीमा रहेका महेन्द्र माविमा १ सय ८१, थाहानगरको पालुङमा रहेको जनकल्याण माविमा २ सय ८२, पालुङकै मच्छेनारायण माविमा १ सय ८८ जनाले परीक्षा दिँदै छन् ।

यसैगरी, मार्खुमा रहेको सरस्वती बालबोधिनी माविमा १ सय ४३ जना, मनहरीको राष्ट्रिय रोटरी माविमा ४ सय ४८ जना, मनहरीकै महेन्द्र किरण माविमा ३ सय ९१ जनाले परीक्षा दिनेछन् । हेटौंडाको बसामाडीमा रहेको महेन्द्र किरण माविमा २ सय ९२ जना, बस्तीपुरमा रहेको निर्मल माविमा ३ सय ४५ जना, चौघडामा रहेको वंशगोपाल माविमा ३ सय ८ जनाले परीक्षा दिनेछन् । 

हेटौंडाको आधुनिक राष्ट्रिय माविमा ३ सय ९८ जना, हेटौंडाकै बालज्योति माविमा ३ सय ११ जना, ज्ञानदा माविमा १ सय ९८ जना, भुटनदेवी माविमा ३ सय ५६ जना, सिद्धार्थ माविमा ३ सय ६६ जना, जिएस निकेतनमा ३ सय ५१ जना, सोलड्यारिटी बोर्डिङ स्कुलमा ४ सय २५ जना, प्रगति माविमा ३ सय ५३ जनाले परीक्षा दिनेछन् । 

थाहा नगरको वज्रवाराही माविमा २ सय ५६ जना, हेटौंडाको अमर माविमा २ सय ६५ जना र मकवानपुरगढीको भानु माविमा १ सय ८२ जना विद्यार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार १९:३१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया