बिहेको तस्वीर सार्वजनिक गरिन् केकीले, लेखिन्– यहाँहरुको आशीर्वादको अपेक्षा छ

अभिनेत्री केकी अधिकारीले विवाहका तस्वीर सामाजिक सन्जालमा सेयर गरेकी छिन् । उनले बिहीबार दिउँसो व्यवसायी रोहितसँग लगनगाँठो बाँधेकी हुन् । 
आफन्तहरुको उपस्थितिमा मात्र उनले विवाह गरेकी हुन् । 

यसअघि उनले आफ्ना नजिकका साथीहरुलाई पनि आफूले गुपचुप रुपमा विवाह गर्न चाहेको बताउँदै आएकी थिइन् । गुपचुप रुपमा भएको विवाहपछि उनले सामाजिक सन्जालमा भने तीन तस्वीर राखेकी छिन् ।

अनि फेसबुकमा उनले आफ्ना प्रियक दर्शकसँग विवाहको समाचार बाँड्न पाउँदा आफू निकै हर्षित भएको बताएकी छिन् ।

‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरुप यहाँहरुको आशीर्वादको अपेक्षा गरेका छौँ,’ उनले लेखेकी छिन्, ‘यहाँहरुको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ ।’





  • प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार २०:९:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया