उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान प्राथमिक सेयर बाँडफाँट गरेको हो ।
आइपिओका लागि २४ लाख ३१ हजार १७० जना आवेदन दिएकोमा १० कित्ताका दरले २२ हजार ११५ जनाले मात्रै सेयर पाएका छन् । आइपिओ गोला प्रथा विधिबाट बाँडफाँट गरिएको हो ।
१० कित्ताका दरले बाँडफाँट गर्दा ६ कित्ता बाँकी रहेको थियो । बाँकी ६ कित्ता थप गरेर ६ जना आवेदकलाई ११ कित्ताका दरले दिइएको छ । यो सँगै लघुवित्तको आइपिओमा आवेदन दिएकामध्ये झण्डै २४ लाखको हात रित्तो भएको छ ।
लघुवित्तले २५ चैतदेखि ३० चैतसम्म सर्वसाधारण लगानीकर्ताका लागि आइपिओ निष्काशन गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।