राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकाको मेयरमा कलाकार मदनदास श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार महानगर समितिको बिहीबार बसेको बैठकले काठमाडौंको मेयर उम्मेदवारका लागि श्रेष्ठको नाम सिफारिस गरेको हो ।
यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।
त्यस्तै, राप्रपाले ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल, बुटवलमा मृगेन्द्र शेरचन, दमकमा राम थापा, सिद्धार्थनगरमा सागर प्रताप राणालाई मेयरमा सिफारिस गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।