वर्षाले पनि गरिन् गुपचुप विवाह

अभिनेत्री वर्षा सिवाकोटीले पनि गुपचुप रुपमा नै विवाह गरेकी छिन् । आफन्तहरु र अत्यन्त निकट साथीभाइलाई बोलाएर उनले शुक्रबार विवाह गरेकी हुन् ।

उनले अमेरिकामा बसोबास गर्ने आशिष नामका युवासँग विवाह गरेकी हुन् । 

वर्षा केही समयदेखि आशिषसँग प्रेममा थिइन् । उनीहरुको विवाह नागार्जुनमा रहेको एक रिसोेर्टबाट भएको हो ।

विवाहलाई गोप्य राख्ने प्रयास गरेकाले वर्षाका विवाहका तस्वीर बाहिर आएका छैनन् । यसअघि अर्की अभिनेत्री केकी अधिकारीले पनि गुपचुप विवाह गरेकी थिइन् । बिहीबार केकीले सामाजिक सन्जालमा विवाहका तस्वीर राखेकी थिइन् ।

यसअघि अभिनेता राज कटुवालसँग प्रेम सम्बन्धमा रहेको भनिएकी वर्षा र राजको सम्बन्ध केही समयअघि मात्र टुटेको थियो । त्यसपछि उनी अमेरिका पुगेकी थिइन् । अमेरिकाबाट फर्किएको केही दिनमा नै वर्षाले विवाह गरेकी हुन् ।





  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १६:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया