निर्माण व्यवसायीले आइतबारदेखि 'कन्स्ट्रक्सन होलिडे' गर्ने
फाइल तस्वीर

निर्माण व्यवसायीले आउँदा आइतबारदेखि अत्यावश्यक कामबाहेक सम्पूर्ण निर्माण कार्यहरू बन्द गरी 'कन्स्ट्रक्सन होलिडे' गर्ने भएका छन् ।

विभिन्न निर्माण सामग्रीमा अप्रत्यासित रूपमा अत्यधिक मूल्यवृद्धि भएको र यस्तो अवस्थामा निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्स्ट्रक्सन होलिडे गर्ने भएका हुन् । 

शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटक पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् । 

महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामाग्री आयात गर्न समस्या भएको साथै बैंकले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नु पर्ने समयमा गति बढाउन नसेको बताए । उनले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न मागसमेत गए ।

यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालय र ७ वटै प्रदेश महासंघले मुख्यमन्त्रीको कार्यालय प्रत्येक दिन एक घण्टा धर्ना गर्ने पनि जानकारी दिएका छन् । 

महासंघले बिहीबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पनि एक घण्टा धर्ना दिएका थिए । 



निर्माण व्यवसायीले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिदे नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा, बीमा निर्देशिका-२०७८ का प्रावधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् ।



  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार १८:५३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया