इम्पेरियल वर्ल्ड स्कुलमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा

आफ्ना बालबालिकाले राम्रो शिक्षा पाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । यही चाहना र इच्छा, मनोकांक्षा र भावनाअनुसार बालबालिकालाई राम्रो विद्यालयमा पढाउनु आजका अभिभावकका लागि आवश्यकता हो, दायित्व र कर्तव्य पनि ।

अभिभावकको यही मनोभावना, जिज्ञासा र चाहनालाई बुझेर काठमाडौंमा शान्त र सुरक्षित वातावरणमा इम्पेरियल वर्ल्ड स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरको पठनपाठन गराइरहेको छ ।

बुढानिलकण्ठ हात्तीगौँडामा रहेको इम्पेरियल वर्ल्ड स्कुलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी कक्षा १ देखि कक्षा १० सम्म पढाइन्छ । विश्वव्यापी रुपमा प्रतिनिधित्व गर्न सक्ने सुसूचित एवं जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्य लिएको इम्पेरियल वर्ल्ड स्कुलले पाठ्यक्रममा मात्र आधारित पठनपाठनको पुरानो शैलीलाई परिष्कृत गर्दै सिकाइका नवीन माध्यमको प्रयोग गरी अध्यापन गराइरहेको विद्यालयकी सञ्चालक जुनिता शाही कार्कीले जानकारी दिइन् ।

इम्पेरियल वर्ल्ड स्कुलले विभिन्न अन्तराष्ट्रिय शैक्षिक संस्थासँग समन्वय गर्दै नेपालमै अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्दै आएको छ । 

‘स्कुलले नेपाल सरकारको पाठ्यक्रमलाई तालमेल गर्ने गरी अन्तर्राष्ट्रिय शिक्षण प्रणाली अवलम्बन गरेको छ । ‘आईपीसी’ (इन्टरनेसनल प्राइमरी करिकुलम) र ‘आईएमवाईसी’ (इन्टरनेसनल मिडल इयर्स करिकुलम) गरी दुईवटा पाठ्यक्रम उपलब्ध गराउँछ,’ विद्यलयकी सञ्चालक कार्कीले भनिन्, ‘हरेक देशमा भएको राष्ट्रिय पाठ्यक्रमसँग फिट हुने पाठ्यक्रम भएकाले यो लागू गरेका हौँ ।’ उनका अनुसार, इम्पेरियल वर्ल्ड स्कुलले नै आईपीसीलाई पहिलोपटक नेपालमा भित्र्याएको हो ।



विद्यालयले ५ देखि १२ वर्षका बालबच्चाहरुलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन आइपीसीसँग तथा ११ देखि १४ वर्ष सम्मका बालबालिकाहरुको सर्वाङ्गीण विकासको लागि आइएमवाइसीसँग समन्वय गरी अध्यापन गराइरहेको छ ।

उत्कृष्ट शैक्षिक वातावरण, भव्य तथा परिष्कृत पूर्वाधार तथा योग्य मानव शक्तिबाट पठनपाठन गराइने यस स्कुलले बालबालिकालाई सैद्धान्तिक शिक्षाका साथसाथै व्यवहारिक शिक्षा पनि प्रदान गरिरहेको छ । जीवनयापनका क्रममा आवश्यक पर्ने कलाको विकासका लागि स्कुलले विभिन्न कार्यक्रमहरु तयार गरेको छ । 



स्कुलले शैक्षिक पाठ्यक्रम मात्र नभई भौतिक पूर्वाधारलाई समेत उत्तिकै महत्व दिएको संचालक कार्कीले बताइन् । इम्पेरियलको भवन संरचना एक तले छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको स्कुलका सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री छन । अपाङ्गता भएका विद्यार्थीलाई छुट्टै शौचालयको व्यवस्था पनि छ ।

यसका साथै विद्यार्थीका अन्तरनीहित प्रतिभाको उजागर गर्न इम्पेरियल वर्ल्ड स्कुलले नृत्य कक्षा, विद्यार्थीको खुवाइ प्रवृत्तिलाई थप सुसज्जित बनाउन डाइनिङ एटिक्युट कक्षा पनि सञ्चालन गरेको छ । स्कुलले सम्झिने र बुझ्ने, आइडिया तथा कन्सेप्ट सृजना गर्ने मात्र नभई विश्लेषण तथा मूल्यांकन गर्नसक्ने क्षमता विकासमा जोड दिने गरेको कार्कीको भनाई छ । 
अत्याधुनिक प्रविधिले सम्पन्न यस स्कुलमा कम्प्युटर ल्याव, साइन्स ल्याव, म्याथ ल्याबको राम्रो व्यवस्था छ । यस स्कुलमा १० हजार भन्दा धेरै पुस्तक सङ्ग्रहीत पुस्तकालय, पोषणविदद्वारा प्रमाणीकरण गरिएका खाजा खानाको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । क्यान्टिन, नर्स, काउन्सिलरको व्यवस्थाले विद्यार्थीको पढाइ मात्रै नभई मानसिक अवस्था र स्वास्थ्यको समेत ख्याल गर्ने गरेको विद्यालय व्यवस्थापन बताउँछ । 

प्राकृतिक कुराहरूबारे पढ्दा प्रत्यक्ष अनुभूति गराउन विद्यालयमा बगैँचा, तरकारीको फार्मजस्ता संरचना तयार गरिँदै छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय गराउन फुटसल, स्वीमिङ पुल, टेबुल टेनिस लगायतका खेल पूर्वाधारहरु तयार गरिएको भने नृत्य तथा संगीतलाई पनि विशेष महत्त्वका साथ सिकाइने गरिएको छ ।

स्कुलले १० वैशाख, शनिबार ओपन हाउस सेसन संचालन गर्दैछ ।

  • प्रकाशित मिति : बैशाख ९, २०७९ शुक्रबार २२:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया