चीनको सांघाईमा कोभिडका कारण थप १२ जनाको मृत्यु भएको छ ।
कोरोनाको संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँजसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।
शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ ।
उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ । त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।