देशभर ४९४७ को परीक्षण गर्दा थपिए १८ संक्रमित

देशभर पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ९४७ को परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । 

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख ७८ हजार ७३२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट संक्रमितको संख्या एक लाख ४० हजार १७९ रहेको छ । 

पछिल्लो समय थप १७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या नौ लाख ६६ हजार ४९८ पुगेको छ ।  निको हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 

पछिल्लो समय कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ । 

त्यसैगरी पछिल्लो समय ४८ हजार ७८० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ । हाल सक्रिय संक्रमितको संख्या २८३ रहेको छ । अहिले होम आइसोलेसनमा २८१ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा दुई जना रहेका छन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १८:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया