जनकपुरधाम–४ को अध्यक्षमा सिंहको स्वतन्त्र उम्मेदवारी घोषणा

आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टीभित्र क–कसलाई उम्मेदवार बनाउने भन्ने रस्साकस्सी चलिरहेको बेला स्वतन्त्र उम्मेदवारहरू पनि चुनावी मैदानमा होमिन थालेका छन् । 

यसैबीच जनकपुरधाम उपमहानगरपालिका–४ को वडाध्यक्ष पदमा स्वर्गीय राघो सिंहका छोरा राकेशकुमार सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी सिंहले वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । 

सिंहले आफूले वडावासीको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेको बताउँदै वडावासीको साथ र समर्थनले आफ्नो जित पनि सुनिश्चित रहेको दाबी गरे । 

उनले भने, ‘आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा मैले उम्मेदवारी दिने मुड बनाएको छु । मेरो मुख्य एजेण्डा नै सरसफाइ, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास रहेको छ । जितेपछि निश्चय नै म यस कार्यमा खडा उत्रिने छु ।’

उम्मेदवारी घोषणा गर्दै उनले समाजमा रहेको विकृतिको अन्त्य गर्दै बेरोजगारीको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेकोसमेत बताए ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १९:४०:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया