आरआरआरपछि फेरि राजामौलीसँग काम गर्दैछिन् आलिया ?

बलिउडमा अब एसएस राजामौलीको नाम यस्तो भएको छ कि उनीसँग काम गर्न चाहने कलाकारको नामको सूची अब लामो हुनेछ । 

पछिल्लो पटक उनको फिल्म आरआरआर निकै चर्चामा रह्यो । आलिया भट्ट र अजय देवगण अभिनय गरेको यो फिल्मले बक्स अफिसमा पनि कमाल गर्यो ।

यहीबीच आलियाको फिल्ममा अभिनयको विषयमा राजामौलीले बोलेका छन् । उनले फिल्ममा आलियाको भूमिका छोटो भए पनि यो महत्त्वपूर्ण भएको बताएका छन् ।

यतिमात्र होइन, एक अन्तर्वार्तामा उनले आलियासँग आफूले फेरि काम गर्न चाहेको पनि बताएका छन् । आफूलाई आलिया निकै मन परेको भन्दै उनले यस्तो बताएका हुन् ।





  • प्रकाशित मिति : बैशाख १०, २०७९ शनिबार १९:५९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया