जनकपुरधाम : पहिलो दिन नगरप्रमुखमा आठसहित १२७ जनाले दिए उम्मेदवारी
फरकधार / ११ बैशाख, २०७९

आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 



उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म नगरप्रमुखमा ८ जनालगायत कूल १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

उनका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । त्यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले जानकारी दिए । 



जनकपुरधामको नगरप्रमुखमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमारी मण्डलको उम्मेदवारी परेको छ । 



त्यस्तै, स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधिर कुमार महतोको उम्मेदवारी परेको उनले जानकारी दिए । 

त्यस्तै, उपप्रमुखमा जनमत पार्टीबाट संतोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने कुमारी बनिता यादव र उमेश चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

बाँकी ११६ जनाले वडाध्यक्ष र वडासदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए । 

उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • प्रकाशित मिति : बैशाख ११, २०७९ आइतबार १७:५९:११,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया