बंगलादेशको आमचुनाव : हिंसाबीच मतदान, १२ को मृत्यु

ढाका– बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा १२ जनाको मृत्यु भएको छ । 

विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीको कारबाहीमा तीनजनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का कार्यकर्ताबीचको झडपमा अरु आठजनाको मृत्यु भएको छ । 

प्रहरी अधिकारीहरुका अनुसार एक प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ । 

आइतबार कडा सुरक्षाबीच मतदान सम्पन्न भयो । स्थानीय समयअनुसार मतदान अपराह्न चार बजेसम्म भएको थियो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान गरेका छन् । यस चुनावमा विजयी भए शेख हसिना चौथोपटक प्रधानमन्त्री बन्नेछिन् । 

बंगलादेशका नेताहरुले प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बताएका छन् । साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यान्मारबाट भागेका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकामा पनि धेरैले उनको कदमको सराहना गरेका छन् । 

तर, कतिपय आलोचकहरुले प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको बताएका छन् । विपक्षी नेत्री एवं पूर्वप्रधानमन्त्री खालेदा जिया भ्रष्टाचारको आरोपमा १७ वर्षे जेलजीवन बिताइरहेकी छिन् । 



चुनावअघि हसिनाको अवामी लिग र खालेदा जियाको बिएनपिका समर्थकहरुबीच हिंसात्मक झडपहरु भएका थिए । चुनावमा झन्डै ६ लाख सेना र प्रहरी परिचालन गरिएको थियो । देशभर करिब ४० हजार मतदानस्थल तोकिएका थिए ।



  • प्रकाशित मिति : पुस १५, २०७५ आइतबार १९:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया