जनकपुरधाम : गठबन्धनबाट मेयरमा किशोर र उपमेयरमा किशोरीको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनबाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको छ । 

सत्ता गठबन्धनका तर्फबाट मेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले उम्मेदवारी दर्ता गराएका हुन् । 

मनोनयनको दोस्रो दिन सोमबार उनले प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जनकपुरधाम उपमहानगरको मेयरमा लोसपाबाट मनोज चौधरी, नेकपा एमालेबाट शिवसंकर साह, तामलोपाबाट विभा ठाकुर, नेपाली कांग्रेस पार्टी परित्याग गरेका मनोज साह, जानकीराम साह, बलराम महतो र वैजनाथ साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको भागमा परेको जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदमा किशोरी साहले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका पुराना नेता रहेका साह जनकपुर नगरपालिका हुँदा यसअघि पनि उपमेयर भइसकेका थिए । सत्ता गठबन्धनको सहमतिअनुसार जनकपुरधाममा जसपाले मेयर पाएको छ भने कांग्रेसले उपमेयर पाएको छ । 





  • प्रकाशित मिति : बैशाख १२, २०७९ साेमबार १७:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया